धनुषा प्रहरीले अवैद्य देह व्यापार चलाउने लज सँचालकसहित ७ जना गरे पक्राउ : JCNEPAL MEDIA

भदौ ०३,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाको गणेशमानचारनाथ नगरपालिका अवैद्य देह व्यपारमा सँलग्न आरोपमा ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले अवैध देहव्यापार नियन्त्रण गर्ने क्रममा सोमबार साँझ करीब ६ बजेको समयमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ स्थित दुई होटलमा छापा मारेको छ ।

प्रहरीले मानव होटल र गोदावरी होटल मा छापा मार्दा मानव होटलबाट ३ जना महिला, ३ जना पुरुष सहित सञ्चालक राजेन्द्र महतो पक्राउ परेका छन्। यस्तै, गोदावरी होटलबाट १ जना महिला र १ जना पुरुष सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दीपुर खैराटोलका मनोज कुमार महतो पक्राउ परेका छन् भने होटलका सञ्चालक विजय राउत फरार रहेको प्रहरीले जनाएको छ।

धनुषा प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ईलाका प्रहरी कार्यालय ढल्केबरमा रखिएको छ । फरार होटल सञ्चालक राउतको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

अवैध देहव्यापारलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले पछिल्ला दिनमा धनुषा, विशेषगरी ढल्केबर आसपासका होटल तथा लजहरूमा निगरानी बढाएको जनाएको छ। नेपालमा देहव्यापारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुनु अवैध मानिन्छ।मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ ऐनको दफा ४ अनुसार जबरजस्ती वा प्रलोभन देखाई देहव्यापारमा संलग्न गराउने, सुविधा उपलब्ध गराउने, वा त्यसमा संलग्न हुनु अपराध हो। यसमा दोषी ठहर भएमा १ वर्षदेखि १० वर्षसम्म कैद सजाय र जरिवाना तोकिएको छ।

प्रकाशित : भदौ ०३,२०८१                ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA

मिटरब्याजसँग सम्बन्धित फर्जी कागजात अवैध घोषणा : JCNEPALMEDIA

विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA