प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरू जनकपुरधाममा (तस्बिरहरू)

जनकपुरधाम । बाम-लोकतान्त्रिक गठबन्धनको प्रशिक्षण कार्यक्रमका लागि नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहितका शीर्ष नेताहरू जनकपुरधाम आइपुगेका छन् ।नेपाली सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा नेताहरू महेन्द्र राय यादव, शरतसिंह भण्डारी लगायतका नेताहरू जनकपुरधाम आइपुगेका हुन् ।जनकपुर विमानस्थलबाट प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेताहरू सिधा होटल सिता शरण पुगेका छन् । होटलमा प्रधानमन्त्री देउवा सहितका शीर्ष नेताहरूलाई कांग्रेस नेता निधी लगायतले स्वागत गरे । उनीहरू होटलमा खाना खाने र त्यसपछि कार्यक्रममा सहभागी हुने बुझिएको छ ।कार्यक्रममा गठबन्धनका मधेस प्रदेशका सबै उम्मेदवार, पार्टीका जिल्ला अध्यक्ष र इन्जार्जहरु सहभागी हुनेछन् ‌। प्रधानमन्त्री देउवा सहितका शीर्ष नेताहरू आएकाले होटल आसपास कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।साभार : नेपाल प्रेस

 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA