उर्जामन्त्रीले पद छाड्न भनेपछि प्राधिकरण निर्देशककाे भावुक अपील : \"देशलाई धोका दिन चाहन्न\" JCNEPAL MEDIA

अशाेज ०४,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो पदबाट राजीनामा नदिने घोषणा गर्दै सामाजिक सञ्जालमा भावुक अभिव्यक्ति सार्वजनिक गरेका छन्। ऊर्जामन्त्री कुलमान घिसिङले उनलाई पद छोडेर बाटो खाली गरिदिन भनेपछि शाक्यले शुक्रबार राति फेसबुकमा लामो स्टाटस लेखेर आफ्नो अडान स्पष्ट पारेका हुन्।

शाक्यले आफ्नो स्टाटसमा देशले दु:ख कष्ट ब्यहोरिरहेको बेला उल्टै बाटो छोडनु र मैदान छोडेर भाग्नु कर्तव्यच्युत हुनु भएको बताएका छन्। उनले विशेष गरी नयाँ पुस्ता जेनजेडको भावनालाई बुझेर साथमा लिएर काम गर्ने बेला भएको जनाएका छन्। शाक्यले यो जिम्मेवारीबोध गरेर नयाँ पुस्ताको भावनालाई बुझेर साथमा लिएर काम गर्ने बेला भएको उल्लेख गरेका छन्। कार्यकारी निर्देशकले आफ्नो घर र सम्पत्ति एकै छिनको आवेगमा ध्वस्त भएको र सुत्न, खान, आराम गर्न घर जाने अवस्था नै नरहेको बताएका छन्। तर यस्तो परिस्थितिमा पनि विद्युत प्राधिकरणमा काम गरेर नेतृत्वलाई गन्तव्यमा पुर्याउन सहयोग गर्नुपर्छ भन्ने उनको भनाइ छ।

उनले आफ्नो रगत-पसिनाले ठड्याएको घर र विद्युत प्राधिकरणमा इमान्दारितामा कसैले आंला नठड्याएको रेकर्डसहित जे जति सम्पत्ति थियो सबै ध्वस्त भएको उल्लेख गरेका छन्। शाक्यले बरू अफिसमै सुतुंला तर आवश्यक परे चौबीसै घण्टा आफ्नो समय अफिसलाई नै दिनेगरी अहोरात्र देश र जनताको सेवामा खट्ने चाहना र प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो निर्णयमा जिम्मेवारीबोध र अफिसका सहकर्मी साथीहरुको अनुरोध समेतको भूमिका रहेको बताएका छन्।

उनले आफ्नो स्टाटसको अन्त्यमा नेपालको जय होस् र नेपालीको जय होस् भन्दै देशप्रेमको अभिव्यक्ति दिएका छन्। यसअघि ऊर्जामन्त्री घिसिङ र कार्यकारी निर्देशक शाक्यबीच विभिन्न नीतिगत विषयमा मतभेद देखिएको थियो। हाल यो विवादले कस्तो मोड लिन्छ भन्ने कुराको चासो राखिएको छ।

प्रकाशित : अशाेज ०४,२०८२         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA