महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

मंशिर १४,२०८२/ जेसी नेपाल संवाददाता

काठमाडौं :महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई कित्ता भएका छन । सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक लगायतका शीर्ष तहका नेताहरू पुसभित्र नियमित महाधिवेशनको पक्षमा देखिएका छन् ।

संस्थापन समूहमै रहेका पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला चुनावअघि महाधिवेशन गर्नै नहुने पक्षमा छन् । सभापति देउवा स्वयं नियमित महाधिवेशनको पक्षमा देखिएपछि डेढ महिनादेखिको अनिर्णयबाट निकास निस्कन लागेको नेताहरूले जानकारी गराएका छन् । सभापति देउवाले नियमित महाधिवेशनको कार्यतालिका सोमबारको बैठकमा ल्याउन कार्यवाहक सभापति खड्कालाई निर्देशन दिइसकेका छन् ।

पुस महान्तभित्र नियमित महाधिवेशन गर्ने गरी सोमबारको बैठकमा प्रस्ताव पेस गरेर केन्द्रीय समितिको बैठक टुंगिने नेताहरूले जानकारी गराएका छन् । सभापति देउवा स्वयं नियमित महाधिवेशनको लागि अग्रसर हुँदा समेत पूर्वपदाधिकारीद्वय निधि र सिटौला चुनावअघिको महाधिवेशन गर्नै नहुने अडान शीर्ष तहको बैठकमा राखेका थिए । महाधिवेशन चुनाव अघि वा पछि र विशेष वा नियमितमा विवादमा पार्टी अल्झिरहँदा सभापति देउवा नै अघि सरेका थिए । गत बिहीबारदेखि प्रत्येक दिन देउवा निवासमा शीर्ष तहका नेताहरूको छलफल भइरहेको छ ।

हिजो शनिबारको बैठकबाट ‘ब्रेक थ्रु’ हुन लागेको बैठकमा जानकारी गराइएको छ । यद्यपि, निधि र सिटौला भने सहमत भइसकेका छैनन् । सभापति देउवा, कार्यवाहक सभापति खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, संस्थापनइतरका नेता डा.शेखर कोइराला, नेताहरू निधि, सिटौला, लेखक लगायतको बैठक भएको थियो ।

प्रकाशित : मंशिर १४,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA