जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

मंशिर १४,२०८२ / जेसी नेपाल संवाददाता

By,

न्यूज भागचरण यादव

जनकपुरधाम : समाजवादी युवा संघ, नेपाल–मधेश प्रदेश समितिद्वारा आयोजित ‘युवा नेतृत्व र सशक्तीकरण सम्मेलन–२०८२’ जनकपुरधाममा उत्साहपूर्वक सम्पन्न भएको छ। मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका सयौँ युवाको उल्लेखनीय सहभागिताले सम्मेलन स्थल उत्साहित र जीवन्त बनेको थियो। कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले शिक्षा र रोजगारीलाई युवाको आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्न राज्यले ठोस कदम चाल्नुपर्नेमा जोड दिए।

उनले विगतका हरेक परिवर्तनशील आन्दोलनमा युवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आगामी राजनीतिक तथा सामाजिक रूपान्तरणको नेतृत्व पनि युवाले नै गर्नुपर्ने धारणा राखे। उनका अनुसार मुलुकमा बढ्दो बेरोजगारी, युवाको वैदेशिक आश्रित भविष्य र राज्य संस्थाहरूको कमजोरीका कारण युवाको क्षमता खुम्चिएको छ। “शिक्षा, सीप र सम्मानजनक रोजगारी पाउनु युवाको अधिकार हो, जिम्मेवारी राज्यको हो,” उनले भने। सम्मेलनको अध्यक्षता समाजवादी युवा संघ, मधेश प्रदेश समितिका अध्यक्ष कमलेश कुमार यादवले गरेका थिए। उनले युवाको नेतृत्व क्षमता, संगठनिक सुदृढीकरण र राजनीतिक सचेतनालाई उकास्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए।

उनका अनुसार युवालाई नीति निर्माण, सामाजिक न्याय, समावेशिता तथा विकासका एजेन्डामा अग्रमोर्चामा ल्याउनु आजको आवश्यकता हो। कार्यक्रममा युवा नेताहरू, स्थानीय प्रतिनिधि तथा पार्टीका पदाधिकारीहरूको उपस्थिति निकै घना थियो। सहभागी युवाले नाराबाजी, ताली र उत्साहपूर्ण सहभागितामार्फत कार्यक्रमलाई उर्जाशील बनाएका थिए। सम्मेलनमा युवा नीति, शिक्षा सुधार, रोजगारी सिर्जना, नेतृत्व विकास, मधेशको पहिचान संरक्षण र समावेशिता जस्ता महत्वपूर्ण विषयमा विस्तृत बहस–छलफल भएको आयोजक समितिले जनाएको छ।

समापनमा युवाहरूले मधेश र मुलुकको समृद्धिमैत्री परिवर्तनका लागि सक्रिय भूमिकासहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित : मंशिर १४,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA

रास्वपाकाे मतपरिणामलाई शुभकामना दिदै भने ,आम जनताको शान्त विद्रोह : बाबुराम भट्टराई JCNEPAL MEDIA

भिंडको भ्रम होइन, लोकतन्त्रको आवाज : JCNEPALMEDIA

दाङ क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारी दिएका समीर ओलीले रास्वपाका विपिनकुमार आचार्यलाई दिए समर्थन : JCNEPALMEDIA

बंगलादेशमा विद्यार्थी आन्दोलनलाई जनताले विश्वास गरेन ,पुरानै दललाई बहुमत : JCNEPALMEDIA