नेपाली कांग्रेसका देउवा, गगनसहित २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा : JCNEPAL MEDIA

पुस ०९,२०८२/ जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली कांग्रेसका २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा देखिएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्दै ६५ सांसदले हस्ताक्षर गर्दा सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, गगन थापा र विश्वप्रकाश शर्मा र इतर समूहका नेता शेखर कोइरालासहितका नेताहरूलेृ हस्ताक्षर गरेका छैनन ।

हस्ताक्षर नगर्ने नेतामा अर्जुननरसिंह केसी, आरजु राणा, उदयशमशेर राणा, कुसुमदेवी थापा, दिक्पालकुमार शाही, धनराज गुरुङ, प्रतिमा गौतम, प्रदीप पौडेल, मुक्ताकुमारी यादव, मैना कार्की, मोहनबहादुर बस्नेत, योगेश गौचन थकाली, लिलादेवी वोखिम लिम्बू, विमलेन्द्र निधि, सपना राजभण्डारी, सिता मिजार, सुरेन्द्रराज आचार्य, सञ्जयकुमार गौतम र हृदयराम थानी छन् ।

कांग्रेसका ६५ पूर्वसांसदले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित मंगलबार दायर पूरक रिटमा बुधबार सुनुवाइ हुँदा कारण देखाउ आदेश जारी गर्दै मुद्दा लगाउमा राखिएको छ । अब संसद् पुनःस्थापनाका सबै रिटमा एकसाथ सुनुवाइ हुने भएको छ ।

प्रकाशित : पुस ०९,२०८२              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA