कार्यवाहक सभापति मात्र नामकै, गगण थापाको भनाइ ; सबै शक्ति देउवकै हातमा JCNEPAL MEDIA

पुस १०,२०८२/ जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको कार्यवाहक सभापतिको जिम्मेवारी औपचारिकतामा मात्रै सीमित रहेको बताएका छन्।

बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पार्टीको सबै निर्णायक शक्ति सभापति शेरबहादुर देउवाकै हातमा रहेको दाबी गरेका हुन्। थापाका अनुसार सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि व्यवहारमा निर्णय गर्ने अधिकार र प्रभाव देउवाकै नियन्त्रणमा छ। “सभापतिले कार्यवाहक दिनु भएको छ, तर नाम मात्रको।

आजको बैठकमा कार्यवाहक सभापति आउनु भएको छैन, तर पार्टीको सबै शक्ति उतै (देउवाकहाँ) नै छ,” थापाले भने। गत असोज २८ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकको उद्घाटन गर्दै सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि आक्रमण भएपछि उनी उपचारका लागि विदेश गएका थिए। सोही अवधिमा पार्टीको नियमित काम सञ्चालनका लागि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो।

तर, विदेशबाट करिब एक महिनापछि फर्किएपछि पनि देउवा पार्टी राजनीतिमा पूर्ण रूपमा सक्रिय देखिएका छन्। उनी अहिले अन्य राजनीतिक दलका नेतृत्वसँग संवाद, सरकारसँग छलफल र राष्ट्रपतिसँग भेटघाटमा समेत संलग्न भइरहेका छन्। गगन थापाको यो अभिव्यक्तिले कांग्रेसभित्र नेतृत्व, अधिकार र भूमिकाबारे पुनः बहस चर्किएको छ। कार्यवाहक सभापतिको जिम्मेवारी पाए पनि व्यवहारमा खड्काको भूमिका कति प्रभावकारी छ भन्ने प्रश्न फेरि उठेको छ भने सभापति देउवाको पार्टीभित्रको शक्ति संरचना अझै बलियो रहेको संकेत यसले दिएको छ।

प्रकाशित : पुस १०,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA