श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

पुस २८,२०८२/ जेसी नेपाल संवाददाता

भागचरण यादव जनकपुरधाम उप–महानगरपालिका–१४ मुजेलिया स्थित श्री राधाकृष्ण सार्वजनिक पुस्तकालयको कार्यसमितिको बैठकमा गम्भीर आरोप सार्वजनिक भएको छ।

कार्यकारिणी सदस्य बिहारी राउतले आफू उपस्थित नभएको दिन बैठकको माईन्टमा आफ्नो फर्जी हस्ताक्षर गरिएको आरोप लगाएका छन्। राउतका अनुसार मिति पुस १० गते आफू जनकपुरधाममा नभई काम विशेषले काठमाडौँमा रहेका थिए।

जनकपुरधाम बाहिर रहेको दिनमा पुस्तकालयको बैठक बसेको देखाइ माईनेटमा आफ्नो नाममा हस्ताक्षर गरिएको भेटिएपछि उनले आपत्ति जनाएका हुन्। उनले यस प्रकारको कार्य गैरकानुनी तथा अनैतिक भएको बताउँदै यसबारे स्पष्ट छानबिन हुनुपर्ने माग गरेका छन्। साथै, जिम्मेवार व्यक्तिमाथि आवश्यक कारबाही हुनुपर्ने उनको जोड छ।

यस विषयमा पुस्तकालय कार्यसमितिका अन्य पदाधिकारीहरूले भने आन्तरिक छलफलमार्फत सत्यतथ्य पत्ता लगाइने बताएका छन्। घटनाले पुस्तकालयको कार्यप्रणाली र पारदर्शितामा थि प्रश्न उठाएको स्थानीयको प्रतिक्रिया छ।

प्रकाशित : पुस २८,२०८२              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA