नेपाली जन-सम्पर्क समिति अमेरिकाको कार्यवाहक सभापति धनन्जय नरसिंह के.सी.लाई ANTA सल्लाहकार दिए शुभकामना : विजय चाैधरी

माघ २६,२०८२ / जेसी नेपाल संवाददाता

नेपाली जन-सम्पर्क समिति अमेरिकाको कार्यवाहक सभापति धनन्जय नरसिंह के.सी.लाई ANTA सल्लाहकार विजय चाैधरीले शुभकामना दिएका छन ।

ANTA- एशोसीएशन अफ नेपाली तराईयन इन अमेरिकाका प्रमुख सल्लाहकार एवम् क्यालिफोर्निया राज्य अमेरिकाका निवर्तमान पर्यटन सद्भावना दुत,विजय कुमार चौधरीले नेपाली जन-सम्पर्क समिति अमेरिकाका बरिष्ठ उपाध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य धनन्जय नरसिंह के.सी. हाल नेपाली जन-सम्पर्क समिति अमेरिकाको कार्यवाहक सभापति जस्तो गरिमामय पदको जिम्मेवारी पाउनु भएकोमा वहांलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त्त गरेको छ।

यस जनसम्पर्क समितिका अध्यक्ष गोरख बहादुर विष्ट(आनन्द) नेपालको आसन्न संघीय निर्वाचनमा कैलाली क्षेत्र नं.४ मा नेपाली कांग्रेस पार्टीबाट टिकट पाई संघीय सांसदको उम्मेदवार भएकोले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिई पार्टीको मुलधारको राजनीतिमा सक्रिय भएकोले अब यस उप्रान्त नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिले गर्ने सम्पूर्ण कार्य बरिष्ट-उपाध्यक्ष धनन्जय नरसींह के.सी.ले गर्ने गरी कार्यवाहकको जिम्मेवारी तोकी पद हस्तान्तरण गरेको व्यहोरा पत्रमा उल्लेख गरेको छ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको विधान अनुसार सक्दो छिटो नै समय सापेक्ष सबै प्रवासी नेपाली अमेरिकनहरूलाई समेटी आफु जनसम्पर्क समिति अमेरिकाको महाधिवेशन गराउने प्रतिवद्धता पनि नवनियुक्त्त कार्यवाहक सभापति धनन्जय नरसींह के.सी. ले जनाउनु भएको समाचार प्राप्त भएको छ।

यस मिडीयाको तर्फबाट पनि वहांलाई सफल कार्यकालको समेत शुभकामना व्यक्त गर्दछ ।

प्रकाशित : माघ २६,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA