नेपाली जन-सम्पर्क समिति अमेरिकाको कार्यवाहक सभापति धनन्जय नरसिंह के.सी.लाई ANTA सल्लाहकार दिए शुभकामना : विजय चाैधरी

माघ २६,२०८२ / जेसी नेपाल संवाददाता

नेपाली जन-सम्पर्क समिति अमेरिकाको कार्यवाहक सभापति धनन्जय नरसिंह के.सी.लाई ANTA सल्लाहकार विजय चाैधरीले शुभकामना दिएका छन ।

ANTA- एशोसीएशन अफ नेपाली तराईयन इन अमेरिकाका प्रमुख सल्लाहकार एवम् क्यालिफोर्निया राज्य अमेरिकाका निवर्तमान पर्यटन सद्भावना दुत,विजय कुमार चौधरीले नेपाली जन-सम्पर्क समिति अमेरिकाका बरिष्ठ उपाध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य धनन्जय नरसिंह के.सी. हाल नेपाली जन-सम्पर्क समिति अमेरिकाको कार्यवाहक सभापति जस्तो गरिमामय पदको जिम्मेवारी पाउनु भएकोमा वहांलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त्त गरेको छ।

यस जनसम्पर्क समितिका अध्यक्ष गोरख बहादुर विष्ट(आनन्द) नेपालको आसन्न संघीय निर्वाचनमा कैलाली क्षेत्र नं.४ मा नेपाली कांग्रेस पार्टीबाट टिकट पाई संघीय सांसदको उम्मेदवार भएकोले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिई पार्टीको मुलधारको राजनीतिमा सक्रिय भएकोले अब यस उप्रान्त नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिले गर्ने सम्पूर्ण कार्य बरिष्ट-उपाध्यक्ष धनन्जय नरसींह के.सी.ले गर्ने गरी कार्यवाहकको जिम्मेवारी तोकी पद हस्तान्तरण गरेको व्यहोरा पत्रमा उल्लेख गरेको छ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको विधान अनुसार सक्दो छिटो नै समय सापेक्ष सबै प्रवासी नेपाली अमेरिकनहरूलाई समेटी आफु जनसम्पर्क समिति अमेरिकाको महाधिवेशन गराउने प्रतिवद्धता पनि नवनियुक्त्त कार्यवाहक सभापति धनन्जय नरसींह के.सी. ले जनाउनु भएको समाचार प्राप्त भएको छ।

यस मिडीयाको तर्फबाट पनि वहांलाई सफल कार्यकालको समेत शुभकामना व्यक्त गर्दछ ।

प्रकाशित : माघ २६,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA