दाङ क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारी दिएका समीर ओलीले रास्वपाका विपिनकुमार आचार्यलाई दिए समर्थन : JCNEPALMEDIA

फाल्गुन ०९,२०८२ / जेसी नेपाल संवाददाता

दाङ : क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका समीर ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विपिनकुमार आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन्। उनले २०८२ फागुन ८ गते जारी प्रेस विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्।

ओलीले ठूला भनिएका राजनीतिक दल र नेताहरूले चुनावअघि गरेका प्रतिबद्धता र चुनावपछिको कार्यशैलीबीच ठूलो अन्तर देखिएको भन्दै आफू सुशासन, पारदर्शिता, जवाफदेहिता र वास्तविक परिवर्तनको उद्देश्यसहित स्वतन्त्र उम्मेदवारका रूपमा अघि बढेको उल्लेख गरेका छन्। आफ्नो अभियानले जनतामाझ सकारात्मक सन्देश र आशा जगाएको महसुस गरेको पनि उनले बताएका छन्।

तर ,एउटै क्षेत्रमा धेरै स्वतन्त्र तथा वैकल्पिक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहँदा परिवर्तन चाहने मत विभाजित हुने र पुरानै सोच बोकेका शक्तिहरू पुनः सत्तामा फर्किने जोखिम देखिएको उनले उल्लेख गरेका छन्। यही यथार्थलाई गम्भीर रूपमा मूल्यांकन गर्दै परिवर्तनका लागि एकीकृत शक्ति निर्माण आवश्यक ठानेर रास्वपाका उम्मेदवार आचार्यलाई समर्थन गर्ने निर्णय लिएको उनले बताएका छन्।

ओलीले आफ्नो निर्णयले परिवर्तन पक्षधर शक्तिहरूबीच एकता मजबुत हुने, मत विभाजन रोकिने र वैकल्पिक राजनीति सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन्। साथै उनले आफ्ना सम्पूर्ण समर्थक, शुभेच्छुक तथा परिवर्तन चाहने मतदातालाई आगामी निर्वाचनमा वैकल्पिक शक्तिलाई सशक्त बनाउन एकजुट भई सहयोग गर्न आग्रह गरेका छन्।

प्रकाशित : फाल्गुन ०९,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA