भिंडको भ्रम होइन, लोकतन्त्रको आवाज : JCNEPALMEDIA

फाल्गुन ११,२०८२ / जेसी नेपाल संवाददाता

अमेरिका कालिफाेर्निया / विजय चाैधरी

अब, आउने १० दिन केवल चुनाव होइन, यो नेपालको दिशा तय गर्ने निर्णायक घडी हो। नेपालको इतिहास पल्टाएर हेर्नुहोस्, परिवर्तनको हरेक अध्यायमा नेपाली कांग्रेसको छाप स्पष्ट देखिन्छ। ७ सालदेखि १७ सालपछिको संघर्ष, ३६ सालको जनमत संग्रह, ४६ सालको बहुदलीय पुनर्स्थापना, ६२/६३ को जनआन्दोलनदेखि ७२ सालको संविधानसम्म आइपुग्दा नेपाललाई निरंकुशताबाट लोकतन्त्रतर्फ मोड्ने जिम्मेवारी कांग्रेसले नै बोकेको इतिहास छ।

प्रत्येक मोडमा जनताको आवाज बोकेर अघि बढ्ने शक्ति नेपाली कांग्रेस नै थियो। लोकतन्त्र सजिलै आएको होइन। जेल, निर्वासन र बलिदानको मूल्यमा आएको व्यवस्थालाई कमजोर पार्ने प्रयोगशाला बन्ने देश होइन नेपाल। यो देश कुनै राजनीतिक प्रयोग गर्ने ल्याब होइन, जहाँ हरेक चुनावमा नयाँ प्रयोग गरियोस् र असफलताको मूल्य जनताले तिरून्। भीड उचालेर नेता बन्न सजिलो हुन्छ, तर देश चलाउन विचार, संयमता र लोकतान्त्रिक संस्कार चाहिन्छ। जनताको निराशालाई प्रयोग गरेर अधिनायकवादी सोच बलियो बनाउने खेल हामीले चिन्नैपर्छ। लोकप्रिय नारा सुन्न मिठो हुन सक्छ, तर देश संस्था, नीति र जिम्मेवारीले चल्छ, उत्तेजनाले होइन।

घमण्डले भरिएको नेतृत्व लोकतन्त्रको विकल्प हुन सक्दैन, त्यसले नेता होइन शासक जन्माउँछ। गल्ती कांग्रेसले पनि गरेको छ र यसमा कुनै बहाना चल्दैन। लोकतन्त्रको पक्षमा उभिएको पार्टी भएकैले कांग्रेसलाई कसैलाई जोगाउने छुट छैन। चाहे AI स्वरूप भनिएका जलेका पैसा हुन्, भुटानी शरणार्थी काण्ड होस् वा अन्य कुनै भ्रष्टाचारका घटना किन नहोस्, सबैको निष्पक्ष छानबिन र कारबाही हुनैपर्छ।

लोकतन्त्रको अर्थ नै जवाफदेहिता हो, त्यसैले आफ्नो मान्छे भनेर उन्मुक्ति दिने संस्कार अन्त्य हुनुपर्छ। गत भदौको जेञ्जी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनैपर्छ, र दोषी चाहे तत्कालीन प्रधानमन्त्री किन नहोस्, आफ्नै दलका गृहमन्त्री किन नहोस्, मौका छोपी जेल तोडेर भाग्ने कैदी किन नहोस वा पर्दा पछाडि बसेर खेल चलाउने जो कोही किन नहोस्, कसैलाई पनि छुट हुनु हुँदैन। कांग्रेस जोगिने होइन, सुध्रिने हो, र सुध्रिएको कांग्रेस नै देशको आवश्यकता हो।

त्यसैले यसपटकको मत भ्रमलाई होइन - इतिहासले प्रमाणित गरेको लोकतान्त्रिक शक्तिलाई त्यसैले यसपटकको मत भीडको उत्तेजना र खोक्रो प्रयोगलाई होइन - देशलाई स्थायित्व दिने शक्तिलाई त्यसैले यसपटकको मत अपरिपक्व र अराजक शासकलाई होइन - सुध्रिँदै गएको, जनता प्रति जवाफदेही नेपाली कांग्रेसलाई मतदान गर्न गरे अपिल ।

प्रकाशित : फाल्गुन ११,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA