धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

फाल्गुन २९,२०८२ / जेसी नेपाल संवाददाता

सारांश :

* धनुषा-१ मा रास्वपाका किशोरी साह(कमल)को उम्मेदवारी खारेजविरुद्धको रिटमा सुनुवाइ सकियो।

* निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए।

* सर्वोच्च अदालतले साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सुनुवाइ गरेको हो।

काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर–१ मा उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साहको रिटमा सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको थियो । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध साहले फागुन १९ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

यसअघि फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले सो मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो । आयोगले कालोसूचीमा परेका कारण योग्यता नपुग्ने भन्दै साहको उम्मेदवारी रद्द गरेको थियो ।

उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा भने अत्यधिक मत परेको थियो । तर, सो क्षेत्रमा आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ । सर्वोच्चले अर्को फरक रिटमा बिहीबार (फागुन २८) मात्र कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न कर्जा सूचना केन्द्रलगायत निकायलाई अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित : फाल्गुन २९,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA