मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

जेष्ठ ०५,२०८३ / जेसी नेपाल संवाददाता

मधेशमा काँग्रेस मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारीमा छन । काँग्रेसका स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने तयारी गरिएको छ ।

कृष्णप्रसाद यादव मुख्यमन्त्री भए पनि काँग्रेसमा वहाँ प्रति असंतुष्टी शरूदेखि नै बढीको छ । मुख्यमन्त्री काम सुस्त गतिले बढीरहेको काँग्रेस जनकाे आरोप रहेको छ । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमा मन्त्री हेरफेरको तयारी थालेको छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध निर्वाचनमा असहयोग गरेको आरोप खेपिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय लाई पदबाट हटाउने विषयमा आन्तरिक छलफल तीव्र बनेको स्रोतले जनाएको छ ।

पार्टी स्रोतका अनुसार मन्त्री रायको स्थानमा सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरेन्द्र कुमार सिंह लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिने तयारी भइरहेको छ । यद्यपि यसबारे औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन । गत वैशाख १६ गते कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा विभिन्न प्रदेशका मन्त्री र सांसदसहित सात जनासँग स्पष्टीकरण मागेको थियो ।

समितिले पाँच दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो । स्पष्टीकरण सोधिएका व्यक्तिहरूमध्ये मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री राय, लुम्बिनी प्रदेशका वन मन्त्री तथा महासमिति सदस्य देवकरण प्रसाद कलवार, कोशी प्रदेशका पूर्व केन्द्रीय सदस्य तथा मन्त्री प्रदीप सुनुवार, तथा लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने रहेका छन् । त्यसैगरी प्रदेशसभा सदस्य राजु खनाल, सकुन्ती देवी महरा र कौशल किशोर राय सँग पनि स्पष्टीकरण मागिएको थियो । स्रोतका अनुसार अनुशासन समितिले मागेको जवाफमध्ये केही असन्तोषजनक देखिएको तथा कतिपय नेताले अझैसम्म लिखित स्पष्टीकरण नबुझाएको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको हो । त्यसकै प्रभावस्वरूप मन्त्री रायको पद जोखिममा परेको बताइन्छ ।

कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारको कार्यशैलीलाई लिएर कांग्रेसभित्र लामो समयदेखि असन्तुष्टि रहँदै आएको छ । यद्यपि तत्काल मुख्यमन्त्री परिवर्तनभन्दा पनि मन्त्रीस्तरमा सीमित हेरफेर गर्ने रणनीतिमा पार्टी नेतृत्व केन्द्रित रहेको कांग्रेसनिकट स्रोतको दाबी छ । मन्त्री रायलाई २०८२ पुसमा मुख्यमन्त्री यादवको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरिएको थियो ।

प्रकाशित : जेष्ठ ०५, २०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA