कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर : JCNEPALMEDIA

जेष्ठ २९,२०८३ / जेसी नेपाल संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख, इन्जिनियर, सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले उनीहरुलाई १ करोड २६ लाख बढी नोक्सानी गरेको अभियोगसहित आज विशेष अदालतमा लगेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख, इन्जिनियर, सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले उनीहरुलाई १ करोड २६ लाख बढी नोक्सानी गरेको अभियोगसहित आज विशेष अदालतमा मुद्धा लगेको हो । अभियोगपत्रमा सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविलाई प्रतिवादी बनाइएको छ ।

भेटेरिनरी कार्यालय भवन निर्माणको बोलपत्र प्रक्रियामा अनियमितता गरी राज्यलाई १ करोड २६ लाख ९६ दाकीसहित अख्तियारले तत्कालीन हजारभन्दा बढी नोक्सानी पुऱ्याएको कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा प्रभात इन्जिनियर अशोक अभियोगपत्र अनुसार राम निर्माण सेवाले २ करोड ८९ लाख ६४ हजार २४१ रुपैयाँ कबोल गरेकोमा सो कम्पनीलाई ठेक्का नदिइ ४ करोड १६ लाख ६० हजार ५१० रुपैयाँ कबोल गर्ने राधा कृष्ण निर्माण सेवालाई ठेक्का दिइएको थियो । यसरी कम कबोल गर्ने कम्पनीलाई नदिई बढी रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिँदा राज्यलाई १ करोड २६ लाख ९६ हजार २६८ रुपैयाँ ७१ पैसा थप व्ययभार पर्न गई प्रत्यक्ष हानि नोक्सानी भएको देखिएको अख्तियारले जा गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले आरोपित कर्मचारीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७बमोजिम बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरेको छ । साथै, गलत मूल्याङ्कन प्रतिवेदन तयार पारेकोमा थप सजायको समेत मागदाबी गरिएको छ ।

प्रकाशित : जेष्ठ २९, २०८३              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

२२ अर्बको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा ३९ जना विरुद्ध मुद्दा : JCNEPALMEDIA

२२ अर्बको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा ३९ जना विरुद्ध मुद्दा : JCNEPALMEDIA

मुजेलियाकाे पुस्तकालयमा पारदर्शिताकाे अभाव : कार्यकाल सके पनि निर्वाचन, लेखा परिक्षण र साधारणसभा अधुरोJCNEPAL MEDIA

धनुषा प्रहरीले अवैद्य देह व्यापार चलाउने लज सँचालकसहित ७ जना गरे पक्राउ : JCNEPAL MEDIA

पेट्रोलको मुल्य लिटरमा पाँच रुपैयाँले घट्यो : JCNEPAL MEDIA

छैटौँ मधानी महोत्सव मौलापुर सुरु : विश्व व्यापी बन्दै गएको निष्कर्ष : राैतहट JCNEPAL MEDIA