सिंहदरबारको केन्द्रीय क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाख १ हजार रुपैयाँ जरिवाना : JCNEPALMEDIA

जेष्ठ ३०,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि विभागले सञ्चालकलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको हो ।

विभागले शुक्रबार गरेको अनुगमनका क्रममा क्यान्टिनमा १७ किलोग्राम घुन लागेको चनाको दाल, ११ किलोग्राम ओसिएको नेपाली बदाम तथा १४ वटा फुटेको अण्डा भेटिएको जनाएको छ। अनुगमन टोलीले करिब छ हजार पाँच सय ६० रुपैयाँ बराबरका ती अखाद्य तथा उपभोगका लागि अयोग्य सामग्री तत्काल नष्ट गरेको थियो।

उक्त क्यान्टिन जि एण्ड बि क्याफे ग्रुपले सञ्चालन गर्दै आएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने खाद्य सामग्री भण्डारण तथा बिक्रीका लागि राखिएको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्दै जरिवाना गरेको जनाएको छ।

प्रकाशित : जेष्ठ ३०,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि ,नेपालले उठाउँदै छ जलवायु परिवर्तनको मुद्दा :JCNEPALMEDIA

आजको मौसम पुर्वअनुमान यी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

पर्सामा तस्करी गरि ल्याइएको ४ हजार ५ सय ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरीद्धारा नष्ट : JCNEPALMEDIA

काठमाण्डौका पाँच ठाउँबाट ग्यास बिक्री हुँदै, नागरिकता या राष्ट्रिय परिचयपत्र चाहिने : JCNEPALMEDIA

'ब्रा' फुकालेर टपलेस भएकी सुन्दरी सडकमा बजारिएर अस्पताल पुगिन् : JCNEPALMEDIA

सिम्रौनगढ सीमामा ‘सेटिङ’, मल तस्करीदेखि करोडौँको राजस्व चुहावटसम्म