अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

असार ०५,२०८३ / जेसी नेपाल संवाददाता

महोत्तरी : महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक ढलान योजनाको भुक्तानी प्रक्रिया अगाडि बढाइदिने भन्दै सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस मागी लिएको आरोपमा यादवविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ। आयोगका अनुसार बर्दिवासस्थित अख्तियारको टोलीले सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा यादवलाई नियन्त्रणमा लिएको थियो।

घटनापछि गरिएको अनुसन्धानले घुस लेनदेन पुष्टि भएको आयोगको दाबी छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार यादवविरुद्ध ७२ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित : असार ०५,२०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA

मिटरब्याजसँग सम्बन्धित फर्जी कागजात अवैध घोषणा : JCNEPALMEDIA

विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA