अदालतमा बयान फेरेको आरोपमा एक युवकविरुद्ध भ्रष्टाचार मुद्दा, ५० लाख बिगो दाबी : JCNEPALMEDIA

असार १०,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेको आरोपमा विकास कुमार चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा अख्तियारले चापागाईसँग ५० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।

 

अधिकारीसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा चापागाईलाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो। अनुसन्धानका क्रममा सहयोग गरेकाले उनलाई सजायको मागदाबीबाट छुट दिइएको थियो।

तर, विशेष अदालतमा गत जेठ १३ गते बकपत्र गर्ने क्रममा उनले अख्तियारसमक्ष दिएको बयान र मिसिलमा रहेका प्रमाणविपरीत अभिव्यक्ति दिएको आयोगको दाबी छ। आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा अनुसन्धानका बेला दिएको बयानभन्दा फरक बकपत्र गरेको पुष्टि भएपछि चापागाईविरुद्ध कानुनी कारबाही अघि बढाइएको उल्लेख गरेको छ।

प्रकाशित : असार १०,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA