अदालतमा बयान फेरेको आरोपमा एक युवकविरुद्ध भ्रष्टाचार मुद्दा, ५० लाख बिगो दाबी : JCNEPALMEDIA

असार १०,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेको आरोपमा विकास कुमार चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा अख्तियारले चापागाईसँग ५० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।

 

अधिकारीसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा चापागाईलाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो। अनुसन्धानका क्रममा सहयोग गरेकाले उनलाई सजायको मागदाबीबाट छुट दिइएको थियो।

तर, विशेष अदालतमा गत जेठ १३ गते बकपत्र गर्ने क्रममा उनले अख्तियारसमक्ष दिएको बयान र मिसिलमा रहेका प्रमाणविपरीत अभिव्यक्ति दिएको आयोगको दाबी छ। आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा अनुसन्धानका बेला दिएको बयानभन्दा फरक बकपत्र गरेको पुष्टि भएपछि चापागाईविरुद्ध कानुनी कारबाही अघि बढाइएको उल्लेख गरेको छ।

प्रकाशित : असार १०,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA