खतिवडाले ल्याए मुद्रासम्बन्धी पुस्तक

काठमाडौँ — नेपाली मुद्राको इतिहास र हालसम्मको विकासबारे नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत श्याम खतिवडाले पुस्तक प्रकाशनमा ल्याएका छन् ।

‘नेपालका आधुनिक मुद्राहरू : एक समीक्षा’ नामक पुस्तकमा हालसम्मका सबै मुद्राको विषयमा जानकारी प्राप्त गर्न सकिन्छ । नेपाल राष्ट्र बैंक ६६औं वर्ष प्रवेश गरेको अवसरमा हालै आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त पुस्तक सार्वजनिक गरे ।

पुस्तकमा नेपालका मुद्राको विकासक्रम र व्यवस्थापन, हालसम्म निष्कासित काजगी मुद्राको विवरण, जाली नोटका समस्या र समाधानका उपाय, सफा नोट नीति, नोटमा रहेका मठमन्दिर, हिमाल र पशुपन्छीको विवरण, मुद्राको मौद्रिक इकाइ मापनलगायत विषयमा चर्चा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

सिंहदरबारमा अब छड्के सचिव, सचिव र सह–सचिव असन्तुष्ट : JCNEPALMEDIA

कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर : JCNEPALMEDIA

२२ अर्बको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा ३९ जना विरुद्ध मुद्दा : JCNEPALMEDIA

२२ अर्बको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा ३९ जना विरुद्ध मुद्दा : JCNEPALMEDIA