गठबन्धनको जीत सुनिश्चित छ : डा आरजु

जनकपुरधाम। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गर्नुभएको छ।आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ-आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापीरुपमा आतुर रहेकाले जीत सुनिश्चित रहेको उहाँले बताउनुभयो। 

वर्तमान सरकारले छोटै समयमा गरेका राम्रा कामका साथै नेपाली कांग्रेसजस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै नेपाली जनताले रुचाएकाले पनि आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको उहाँले दाबी गर्नुभयो।  नेपाली कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई नै लिएर निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उहाँको आग्रह थियो। नेपाली कांग्रेसकी नेत्री डा. राणाले मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारले विजय हासिल गर्नुपर्ने धारणा पनि राख्नुभयो। डा. राणाले यो सरकार निर्माण भएको छोटो समयमै विकास निर्माणका साथै अरू धेरै काम भएका प्रसङ्ग पनि सो अवसरमा उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “वर्तमान देउवा सरकार निर्माण हुँदा देश कोरोना महामारीमा थियो, नागरिकले पर्याप्तमात्रामा खोप पाउन सकेका थिएनन्। प्रधानमन्त्रीजीले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुभयो र विदेशी दाताहरूसँग अनुरोध गर्नुका साथै खोप खरिद गरेरसमेत ल्याइ देशमा खोप उपलब्ध गराउनुभयो। यो सरकार निर्माण भएपछि धेरै पहिलेदेखि रोकिएर रहेका ठूला परियोजनादेखि लिएर विकास निर्माणका काम अघि बढेका छन्, वैदेशिक सम्बन्ध र सहायता मजबुत हुँदै गएको छ।” 

नेत्री राणा आइतबार छठ पर्वका अवसरमा पूजा एवं दर्शन गर्न जनकपुरधाम आउनुभएको हो। उहाँले आइतबार दिउँसो जनकपुरधामस्थित गङ्गासागरमा छठ पर्वको व्रत एवं पूजाको अवलोकन गर्ने कार्यक्रम छ। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने क्रममा नेत्री राणा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको गृहगाउँ नगराइन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति धीरेन्द्र निधिले जानकारी दिनुभयो।साभार : गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA