विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA

असार ३२,२०८३ / जेसी नेपाल संवाददाता

विराटनगर : विराटनगर भन्सार जाँचपासमा गम्भीर त्रुटी फेला परेको छ । जाँचपास गराएर गन्तव्यतर्फ हिँडेको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणपछि पुनः भन्सार फर्काएर हेर्दा प्रज्ञापनपत्र भएको विवरण भन्दा बाहेक, जुत्ताचप्प्ल, चस्मा, ब्यूटीपार्लरका सामान समेत ल्याएको खुलेको हो । चारदिन अगाडी विराटनगरमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट रानीले नियन्त्रणमा लिएको बीआर ०१६ए३३४७ नम्बरको भारतीय सवारीमा प्रज्ञापनपत्रमा कपडा उल्लेख गरेर जाँचपास गराइएको थियो ।

तर, नियन्त्रणपछि भन्सार फर्काइएको मालवहाक सवारीमा २७ प्रकारका चस्माका सामान समेत फेला परेका हुन् । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलदेव साहका अनुसार अहिले पनि गाडी भन्सारकै नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ । तर, यसको प्रतिवेदन सार्वजानिक भएको छैन । खासमा भन्सारमा एजेन्टको प्रतिनिधि समेत रहेर आयातकर्ता समेत रहेका विराटनगरका अकबर अलीसँगको मिलेमतोमा अवैध कारोबार भएको भेटिएको हो । भन्सार एजेन्ट नम्बर २९२ रहेको भरत भट्टराईको क्लियरिङ्ग फमबाट अकबर अलीले क्लिरेन्स गराउँदै आएका छन् ।

अली बारम्बार विवादमा आइरहने व्यक्ति हुन् । यो कुरा उनी आफैं स्वीकार गर्दछन् । सशस्त्रले नियन्त्रणमा लिएर भन्सार फर्काइएको गाडीमा सुअपर–१९० थान, सुइन्सोल २१ थान, ननपेटल ड्रिलिङ्ग मेसिन–३ थान, अब्लोङ्ग फेस मिरर फर आइचेक–८ पिस, पावर डिटेक्सन एसोसेरिज–६ थान, लेन्स क्लिनर (२० एमएल)–२५० थान, लेजर पोइन्टर–२४ थान, आइब्यान्डेज–७ थान, टियरटेस्ट स्ट्रिप्स–४ थान, स्क्रुप्प ड्राई फर गुगल–४० थान, रबर गुगल पार्ट–२ प्याकेज भेटिएको थियो । एसएस फेस क्लिनर–४० थान, इन्भिजी–२०० थान, नोभावक्स हिटर–२० थान, एरोनावक्स हिटर–२४ थान फेला परेको थियो ।

त्यस बाहेक मेकअप फिक्चर स्प्रे–३५ थान, मेकमी साइन–२१ थान, मेनिक्यू क्ले–१२ थान, टोय टिप्स क्लियर ११ प्याकेज (५५०० थान) चार केजी, फाउन्डेशन मेकअफ ब्रस–२५० थान, बोल्ट बी–१२ प्याकेट, मेकअप टेप–७ थान, पेडीक्यूर एसोसेरिज–१२ थान, लेमिटेसन ज्वेलर्स–१ केजी, फिसवेल–६० थान, फिसिङ्ग फुड–४ केजी, फिसिङ्ग स्टिक–६ थान फेला परेको छ । उनीसँगको कुराकानीमा भने–उनले केहि नभएको दावी गर्दै धम्कीपूर्ण कुरा समेत गरेका थिए । आफ्नो गाडी भोलिपल्टै भन्सारले छोडिदिएको दावी गर्दै आएका उनको भनाई भने भन्सार अधिकारीले नै खण्डन गरिसकेका छन् ।

भन्सार जाँचपासमा मिलेमतो भएको भन्दै सशस्त्र प्रहरीलाई सूचना पुगेपछि गाडी नियन्त्रणमा लिइएको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालिनी गण हेडक्वाटर टंकीका प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार जाँचपासमा त्रुटी गराएको भन्ने सूचनाका आधारमा गाडी नियन्त्रणमा लिएर भन्सार बुझाइएको बताउँछन् । उनका अनुसार अलीको सामान रहेको उक्त मालवहाकमा प्रज्ञापनपत्रमा उल्लेख गरेभन्दा बाहिरको समेत मालवस्तु समेत देखिएको हो । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रमाशित : असार ३२, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेसकाे स्वास्थ्य सामग्री खरिदमा अर्वैकाे भ्रष्टाचार , छानबिनमा मुख्यमन्त्री र स्वास्थ्य सचिव बाधक : JCNEPAL MEDIA

कपिलेश्वरकी दास मृत्यु प्रकरणमा नयाँ खुलासा ,४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार : JCNEPAL MEDIA

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA