अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

श्रावण ०१,२०८३ / जेसी नेपाल संवाददाता

काठमाण्डौ : सरकारले सरकारी सेवाबाट अवकाशपछि निवृत्तिभरण (पेन्सन) वा उपदान लिइसकेका पूर्वकर्मचारीलाई पुनः सरकारी निकायमा करारमा नियुक्ति नदिने निर्णय गरेको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकायमा परिपत्र जारी गर्दै २०८३ साउन १ गतेदेखि पेन्सन वा उपदान प्राप्त गरिरहेका करारका कर्मचारीको सेवा निरन्तरता नदिन निर्देशन दिएको हो।

मन्त्रालयका शाखा अधिकृत सजिव नेपालद्वारा हस्ताक्षरित परिपत्रमा कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान लिइसकेका वा हाल नियमित निवृत्तिभरण पाइरहेका व्यक्तिलाई करार सेवामा निरन्तर नराख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भनिएको छ। हाल विभिन्न सरकारी निकायमा करारमा कार्यरत त्यस्ता पूर्वकर्मचारीलाई उनीहरूले पुर्‍याएको सेवाप्रति धन्यवाद दिँदै बिदाइ गरिने परिपत्रमा उल्लेख छ।

तर, सरकारी सेवाबाट निवृत्तिभरण वा उपदान नपाउने र हाल करारमा कार्यरत कर्मचारीलाई भने तत्काल हटाइने छैन। उनीहरूलाई अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायमै करार सम्झौता गरी ‘पुल’ मा राखिनेछ। त्यस्ता करार कर्मचारीको एकीकृत विवरण भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरी नियमित रूपमा अद्यावधिक गर्ने निर्णयसमेत सरकारले गरेको छ।

प्रकाशित : श्रावण ०१, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA

बालेनले उल्ट्याए सुशीला कार्कीको निर्णय,कानुनमन्त्री साेविता संसदमा टेबुल गर्ने : JCNEPALMEDIA