महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

श्रावण १०,२०८३ / जेसी नेपाल संवाददाता

महोत्तरीको बलवा नगरपालिका–६ का वडाध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको छ । स्थानीय ३६ वर्षीय इन्जिनियर हुसनैन अन्सारीमाथि ज्यान लिने मनसायका साथ आक्रमण गरी गम्भीर घाइते बनाएको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएपछि प्रहरीले मुद्दा दर्ता गरेको हो ।

पीडितका दाजु ३९ वर्षीय नुरैन अन्सारीले दिएको जाहेरीका आधारमा प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरअन्तर्गत बलवा बजार–रौजा बजार हुँदै पडौंलसम्म निर्माणाधीन हुलाकी सडक आयोजनाको ४१२ मिटर आरसीसी ढलान भइरहेको स्थान देवनमा विवाद उत्पन्न भएको थियो । सोही विवादका क्रममा इन्जिनियर अन्सारीमाथि आक्रमण भएको आरोप लगाइएको छ ।

आक्रमणबाट अन्सारीको हातको एक औँला काटिएको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको परिवारले जनाएको छ । उपचाररत अन्सारीलाई न्याय दिलाउन परिवारले प्रहरीमा जाहेरी दिएपछि घटनाले कानुनी रूप लिएको हो । जाहेरीमा वडाध्यक्ष वैद्यनाथ झासँगै बलवा नगरपालिका–६ का ५६ वर्षीय श्याम यादव, ३२ वर्षीय मञ्जेश यादव तथा वडा नम्बर–५ का ४० वर्षीय राजु यादव र ३५ वर्षीय बलराम यादवलाई प्रतिवादी बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी)श्यामकुमार सारू मगरले घटनासम्बन्धी ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भइसकेको र कानुनबमोजिम थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

प्रकाशित : श्रावण १०, २०८३ July 26,2026

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA

बालेनले उल्ट्याए सुशीला कार्कीको निर्णय,कानुनमन्त्री साेविता संसदमा टेबुल गर्ने : JCNEPALMEDIA

अदालतमा बयान फेरेको आरोपमा एक युवकविरुद्ध भ्रष्टाचार मुद्दा, ५० लाख बिगो दाबी : JCNEPALMEDIA