धनुषामा चुनावी चहलपहल बढ्यो

जनकपुरधाम ।  छठ पर्वको समापनसँगै धनुषामा मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावी सरगर्मी तीव्र बनेको छ । निर्वाचन आयोगले चुनावको प्रचार प्रसारका लागि १७ गते देखि छुट दिएपछि उम्मेदवारहरू प्रचारको शैलीका लागि तयारी गरिरहेका छन् ।खास गरेर पत्र पत्रिका, रेडियो, टेलिभिजन तथा माइकिङ मार्फत चुनावको प्रचार गर्नका लागि तयारी गरिरहेका छन् । धनुषा जिल्लामा रहेको रहेको ४ प्रतिनिधि सभा तथा ८ वटा प्रदेश सभाको चुनावमा मुख्यतः दुई गठबन्धन दलका बीचमा नै चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नंं ३ बढी चर्चामा रहेको छ । यस  ठाउँबाट मुख्यतः दुई गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका दुई जना पूर्वमन्त्रीका बीचमा कडा प्रतिस्पर्धा हुने अवस्था रहेको छ । नेपाली काँग्रेस सहितको पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहनु भएका प्रतिनिधि सभाका सदस्य पदका उम्मेदवार लोकतान्त्रिक समाजवादी  पार्टी नेपालका नेता एवं पूर्वमन्त्री अनिल कुमार झा र नेकपा एमाले र जसपा गठबन्धन दलका उम्मेदवार एमालेका नेत्री पूर्वमन्त्री जुली कुमारी महतो महासेठका बीचमा कडा प्रतिस्पर्धा रहेको छ ।दुवै उम्मेदवारहरू घर उम्मेदवारी दर्ता सँगै घर दैलो कार्यक्रमलाई तीव्रता दिनु भएको छ । दुवै जनाले आफूहरूको जीत सुनिश्चित भएको दाबी गर्दै आउनु भएको छ । उहाँहरूलाई स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको नेपाल सरकारका पूर्व सिनियर डिभिजन इन्जिनियर सत्यनारायण साह तथा नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व अध्यक्ष उमेश साहले पनि चुनौती दिइरहनु भएको छ ।यसै धनुषा निर्वाचन क्षेत्र नंं ३ को प्रदेश सभा तर्फबाट पाँचदलीय गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यका लागि प्रदेश सरकारका पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादव र एमाले जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका मुख्यमन्त्री  लालबाबु राउतका पूर्व प्रमुख  स्वकीय सचिव जितेन्द्र यादवले टक्कर दिइरहनु भएको छ ।

साभार : रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA