नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश, सामाजिक परिचालक यादवविरुद्ध भ्रष्टाचार मुद्दा : JCNEPAL MEDIA

साउन ११,२०८३ / जेसी नेपाल संवाददाता

रौतहटको माधव नारायण नगरपालिकामा सामाजिक परिचालक पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यादवले जिल्ला विकास समिति, रौतहटको स्थानीय ट्रष्ट कोष समितिमा सामाजिक परिचालक (सहायक स्तर पाँचौँ) पदमा नियुक्ति लिने क्रममा बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटना, भारतबाट जारी भएको देखिने आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। उक्त प्रमाणपत्रकै आधारमा नियुक्ति लिएर यादव हालसम्म राष्ट्रसेवकको हैसियतमा कार्यरत रही ओहोदा, लाभ तथा सुविधासमेत प्राप्त गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ।

यादवको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै छानविनका लागि परेको उजुरीमाथि अनुसन्धान गर्दा आरोप पुष्टि भएको अख्तियारको निष्कर्ष छ। आयोगले यादवले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको जनाएको छ। सोही आधारमा यादवलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद तथा जरिवाना सजाय हुन मागदाबी गर्दै अख्तियारले आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

प्रकाशित : साउन ११, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा प्रहरीले गोली चलाएर लागुऔषधसहित एक युवकलाई गरे पक्राउ : JCNEPAL MEDIA

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ : JCNEPAL MEDIA

महोत्तरीका एक निर्वाचित मेयरले मलाई पिट्ने धम्की दियो : साँसद साह JCNEPAL MEDIA

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता : JCNEPAL MEDIA

सिरहामा सशस्त्र प्रहरीलाई कुल्चेर भाग्ने मुख्य अभियुक्त मँसुरीलाई २२ महिनापछि गोली हानेर पक्राउ

हिरा महासेठ उर्फ (चाची)काे घरमा दुहबी स्थित भारतीय एनआईए र एसएचओकाे टिम गरे थप अनुसन्धान: JCNEPAL MEDIA