धनुषामा प्रहरीले गोली चलाएर लागुऔषधसहित एक युवकलाई गरे पक्राउ : JCNEPAL MEDIA

साउन ११,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषामा प्रहरीले गोली चलाएर लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले विदेह नगरपालिका वडा नं. ८ बफैबाट २०.३४ ग्राम ब्राउनसुगरसहित स्थानीय अजय मण्डललाई पक्राउ गरेको हो ।

सुराकीको आधारमा धनुषा प्रहरीको क्राईम ब्रान्चबाट खटि गएको प्रहरी टोलीले उनलाई पक्राउ गर्ने क्रममा एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज साँझ करिब ५ः३० बजे मण्डललाई नियन्त्रणमा लिइएको हो । मण्डलको मोटरसाईकल समेत नियन्त्रणमा लिएको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : साउन ११, २०८३ ०         ०:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश, सामाजिक परिचालक यादवविरुद्ध भ्रष्टाचार मुद्दा : JCNEPAL MEDIA

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ : JCNEPAL MEDIA

महोत्तरीका एक निर्वाचित मेयरले मलाई पिट्ने धम्की दियो : साँसद साह JCNEPAL MEDIA

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता : JCNEPAL MEDIA

सिरहामा सशस्त्र प्रहरीलाई कुल्चेर भाग्ने मुख्य अभियुक्त मँसुरीलाई २२ महिनापछि गोली हानेर पक्राउ

हिरा महासेठ उर्फ (चाची)काे घरमा दुहबी स्थित भारतीय एनआईए र एसएचओकाे टिम गरे थप अनुसन्धान: JCNEPAL MEDIA