गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोद्वारा प्रहरी निरीक्षक भरत के.सी.लाई सम्मान : JCNEPALMEDIA

कार्तिक १८,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेश प्रदेश सरकारका गृह,संचार तथा क़ानून मन्त्री फ़किरा महतोले प्रहरी कार्यालय मौलापुर, रौतहटका प्रहरी निरीक्षक भरत के.सी.लाई उत्कृष्ट कार्यसम्पादन तथा जनसेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्रसहित सम्मान गर्नुभएको छ।

मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रहरी निरीक्षक के.सी.ले बाढी तथा अन्य विपद्का समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता, विपद् व्यवस्थापन, आपराधिक घटनाको अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने कार्यमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै प्रशंसापत्र प्रदान गरेको हो। त्यसैगरी नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षा, अपराध नियन्त्रण र प्रहरी सेवा प्रवाहमा उच्च व्यावसायिकता, कर्तव्यनिष्ठा, जिम्मेवारीबोध एवं समर्पणका साथ कार्यसम्पादन गरेको भन्दै मन्त्रालयले उनको योगदानको प्रशंसा गरेको छ।

गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रहरी निरीक्षक के.सी.लाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। साथै प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन एक थान मोटरसाइकलसमेत प्रदान गर्नुभएको छ। मोटरसाइकल उपलब्ध गराइएसँगै प्रहरीको दैनिक कार्यसम्पादन, गस्ती तथा नागरिकसम्म छिटो सेवा पुर्‍याउन थप सहज हुने अपेक्षा गरिएको छ। प्रशंसापत्रमा आगामी दिनमा समेत राष्ट्र र जनताको सेवामा उच्च मनोबल, निष्ठा र प्रतिबद्धताका साथ क्रियाशील रहँदै अझ उत्कृष्ट योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। प्रशंसापत्र ग्रहण गर्दै प्रहरी निरीक्षक के.सी.ले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको बताउनुभयो।

उहाँले सम्मान तथा प्रोत्साहनका लागि मन्त्री महतोप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि जनताको सेवामा अझ बढी जिम्मेवारी र प्रतिबद्धताका साथ काम गर्ने बताउनुभयो। मधेश प्रदेश सरकारबाट प्राप्त यस सम्मानले प्रहरी संगठनभित्र कर्तव्यनिष्ठ, इमानदार र जनउत्तरदायी भएर काम गर्ने प्रहरी कर्मचारीको मनोबल बढाउनुका साथै शान्ति सुरक्षा र प्रभावकारी सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

प्रकाशित : कार्तिक १८,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA