धनुषाको धनौजीमा आजदेखि वडा स्तरीय क्रिकेट प्रतियोगिता `धनौजी प्रिमियर लिग´(DPL) सुरु : JCNEPALMEDIA

कार्तिक २१,२०८३ / जेसी नेपाल संवाददाता

धनुषाको धनौजीमा आजदेखि वडा स्तरीय क्रिकेट प्रतियोगिता 'धनौजी प्रिमियर लिग' (DPL) सुरु भएको छ। स्थानीय लगान युवा क्लब (LAGAN YOUTH CLUB) को आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको उद्घाटन समारोह धनौजी विद्यालयको खेल मैदानमा भव्यताका साथ सुरु भएको हो।

स्थानीय युवा नेता रोशन मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा स्थानीय युवा, खेलप्रेमी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले खेलकुदले युवामा अनुशासन, एकता, सहकार्य र नेतृत्व विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

उनले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान र खेलकुद क्षेत्रको विकासमा योगदान पुऱ्याउने विश्वास व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना दिए। स्थानीय स्तरमा क्रिकेट खेलको प्रवर्द्धन, युवाको प्रतिभा उजागर तथा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको DPL ले धनौजी क्षेत्रमा खेलकुदको नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।

प्रकाशित : कार्तिक २१,२०८३                      ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रशासकीय अदालतको आदेश अवज्ञा गर्दै कार्यालय प्रमुख मिथलेश महतो : JCNEPALMEDIA

प्रधानमन्त्री बालेनले गरे सभापति लामिछानेसँग ‘लडाइँ’ चलिरहेको संकेत : JCNEPALMEDIA

निगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँको : JCNEPALMEDIA

४३ निर्णय गर्दा पनि सरकारले किन ल्याएन कर्मचारी अध्यादेश : JCNEPALMEDIA

२.० को खोल ओढ्दैमा कोही इमानदार हुँदैन, १८ करोडको हिसाब चाहियो : रास्वपा सांसद सिंह JCNEPALMEDIA

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA