२.० को खोल ओढ्दैमा कोही इमानदार हुँदैन, १८ करोडको हिसाब चाहियो : रास्वपा सांसद सिंह JCNEPALMEDIA

कार्तिक १७,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले गगनकुमार थापाप्रति लक्षित गरेर २.० को खोल ओढ्दैमा कोही इमानदार हुन नसक्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् रास्वपाका नेता सिंहले जनतालाई १८ करोडको हिसाब खोजेको बताएका छन् । उनले भने, ‘सुशासन, पारदर्शिता र स्वतन्त्र न्यायपालिकाको ठूलाठूला गफ गर्ने नयाँ पार्टीका सभापतिसम्बन्धी ‘१८ करोड रुपियाँको लेनदेनमार्फत आधिकारिकता प्राप्त गरेको’ भन्ने गम्भीर समाचार सञ्चारमाध्यममा आएका छन् ।

यो विषय सत्य हो भने जनताले गम्भीर रूपमा सोंच्नुपर्ने बेला आएको छ,’ रास्वपा नेता सिंहले भने, ‘आफू सभापति बन्नकै लागि न्याय र न्यायिक प्रक्रियामाथि पैसाको प्रभाव पार्न खोज्ने व्यक्ति सत्तामा पुगेपछि के गर्ला ?’ नेता सिंहले भने, ‘मैले पहिले नै भन्दै आएको थिएँ–२.० को खोल ओढ्दैमा कोही इमानदार हुँदैन । सुशासनको नारा लगाउँदै जनतालाई भ्रममा पार्ने, पर्दापछाडि शक्ति, पैसा र बिचौलियाको खेल खेल्नेहरूबाट देशको भविष्य सुरक्षित हुँदैन ।

विभिन्न सञ्चार माध्यममा आएका समाचार सत्य भए दोषीमाथि कानूनअनुसार कठोर कारबाही होस्, असत्य भए तथ्यसहित जनतालाई स्पष्ट पारियोस्,’ नेता सिंहले गगन थापाको नाम उल्लेख नगरेर जवाफ माग गरेका छन् । ‘जनतालाई अब भाषण होइन हिसाब चाहिएको छ,’ रास्वपाका सांसद सिंहले भनेका छन् ।

नेपाली कांग्रेसको आधिकारिकता पाउन गगनकुमार थापाले न्यायालयमा बिचौलिया इनम सापकोटासँग १८ करोडको तथाकथित डिल गरेको तथा न्यायाधीश सारङ्गा सुवेदीलाई ३ करोड दिएको भन्ने बयानलाई हवाला दिँदै काठमाडौंपाटी डटकमले समाचार प्रकाशित गरेपछि हङ्गामा भएको छ ।

प्रकाशित : कार्तिक १७,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA