पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

कार्तिक १४,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : पत्रकारलाई नियन्त्रणमा लिएको र समाचार कक्षमै प्रहरी पुगेको घटनापछि नेपाल प्रहरीले मध्यराति वक्तव्य जारी गर्दै सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाउने कार्यको बचाउ गरेको छ।

प्रहरीले समाचारको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिन केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाइएको दाबी गरेको हो। प्रहरी प्रवक्ता अविनारायण काफ्लेले राति १:४० बजे ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक गरेको वक्तव्यमा प्रधानमन्त्री कार्यालयको चासोपछि प्रहरी सक्रिय भएको उल्लेख छ। वक्तव्यअनुसार प्रहरीविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निरन्तर गलत समाचार तथा सन्देश प्रचार भइरहेको विषयमा प्रधानमन्त्री कार्यालयले चासो राखेको थियो।

त्यस्ता सामग्रीले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धानबारे जनमानसमा नकारात्मक भावना पैदा गर्न सक्ने प्रहरीको दाबी छ। यही विषयमा जानकारी लिन सञ्चारकर्मीलाई बोलाइएको भन्दै प्रहरीले उक्त कार्यलाई ‘प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय’ भनेको छ। शुक्रबार साँझ पत्रकारलाई नियन्त्रणमा लिएर छाडिएको तथा पत्रकारलाई लिन प्रहरी समाचार कक्षमै पुगेको घटनापछि प्रहरीको यस्तो स्पष्टीकरण आएको हो।

प्रहरीले नेपालप्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई नियन्त्रणमा लिएको थियो। त्यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका थिए।

मैनालीलाई नलिई नफर्कने अडान राख्दै उनीहरू दुई घण्टाभन्दा बढी समय कार्यालयमा बसेका थिए। प्रहरीले वक्तव्यमा प्रेसप्रति सकारात्मक रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित : कार्तिक १४,२०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA

धनुषामा गएराती एक महिलाको घाँटी रेटेर विभत्स हत्या, श्रीमान रुखमा झुण्डिएको अवस्थामा भेटिए : JCNEPALMEDIA