जनकपुर बंशी चाेककाे काली होटलमा मध्यराति प्रहरीको छापा, सुनचाँदी व्यवसायी ठाकुरसहित ५ जना पक्राउ : JCNEPALMEDIA

कार्तिक २३,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषा प्रहरीले जनकपुरधामस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले राति १२ बजेर २० मिनेटमा होटलमा छापा मारेको थियो ।

जनकपुरधाम उपमहानगरपालिका-९ थपा चाेक भन्दा पुर्व बंशीचोकस्थित काली होटल एण्ड रेष्टुरेन्टमा शुक्रबार राति प्रहरीले छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-४ का ५२ वर्षीय सुनचाँदी व्यवसायी अरविन्द ठाकुर, सोही ठाउँका ३२ वर्षीय होटल सञ्चालक सुनिल कुमार साह, महोत्तरीको लोहारपट्टी नगरपालिका-२ का ४६ वर्षीय गुलाम मुस्तफा, मनराशिशवा नगरपालिका-७ का २७ वर्षीय कृष्ण महतो र सर्लाहीको पर्सा गाउँपालिका-१ का २२ वर्षीय प्रशान्त यादव रहेका छन् ।

प्रहरीले जुवाखालबाट नगद ८८ हजार २८० रुपैयाँ, विभिन्न व्यक्तिका ६ थान मोबाइल र १३ सेट ताससमेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार होटलमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रकाशित : कार्तिक २३,२०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाको धनौजीमा आजदेखि वडा स्तरीय क्रिकेट प्रतियोगिता `धनौजी प्रिमियर लिग´(DPL) सुरु : JCNEPALMEDIA

प्रशासकीय अदालतको आदेश अवज्ञा गर्दै कार्यालय प्रमुख मिथलेश महतो : JCNEPALMEDIA

प्रधानमन्त्री बालेनले गरे सभापति लामिछानेसँग ‘लडाइँ’ चलिरहेको संकेत : JCNEPALMEDIA

निगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँको : JCNEPALMEDIA

४३ निर्णय गर्दा पनि सरकारले किन ल्याएन कर्मचारी अध्यादेश : JCNEPALMEDIA

२.० को खोल ओढ्दैमा कोही इमानदार हुँदैन, १८ करोडको हिसाब चाहियो : रास्वपा सांसद सिंह JCNEPALMEDIA