भ्रमणमा शुक्रबार काठमाडौं आउँदै

काठमाडौँ । चिनियाँ उपविदेशमन्त्री ली चुन नेपाल भ्रमणमा आउन थालेका छन् । राष्ट्रिय साँस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन ५ दिने नेपाल भ्रमणमा शुक्रबार नेपाल आउन लागेका हुन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार उपमन्त्री ली भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नका लागि आउन लागेका हुन् ।यद्यपि नेपाली पक्षबाट भने उनको भ्रमणका बारेमा औपचारिक जानकारी गराइएको छैन । परराष्ट्र मन्त्रालय स्रोतले भने उनी शुक्रबार आइपुग्ने पुष्टि गरेको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ ।परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावासलाई उपमन्त्री लीको भ्रमण चुनावपछि गराउन सुझाव दिए पनि चिनियाँ पक्षले निजी भ्रमण साँस्कृतिक सम्पदाको निरीक्षणमा केन्द्रित हुने भन्दै भ्रमण तय गरेको हो ।साभार : कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA