मतदाता शिक्षा कार्यक्रम तत्काल सञ्चालन गर्न दुई पालिकालाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सिराहाका दुई पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा सुखीपुर नगरपालिकाका नगरप्रमुख र  प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।आयोगले दुवै नगरपालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको भए यथाशीघ्र सञ्चालन गरी पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा जानकारी गराउन शुक्रबार निर्देशन दिइएको छ ।संविधानको धारा २४७ मा आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउने व्यवस्था भएको आयोगको भनाइ छ ।साभार : गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA