विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्दै

आईसीसी टी– २० विश्वकप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र इंग्ल्याण्ड भिड्दैछन् । अष्ट्रेलियामा जारी प्रतियोगिताको फाइनल  मेलवर्न क्रिकेट ग्राउण्डमा सुरु हुनेछ ।  मैदान उत्रदैगर्दा दुबै टोली उपाधि घर लैजाने दाउमा हुनेछन् ।पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर उपाधि नजिक पुगेको हो । दुवै पूर्व विजेता हुन् । यी दुई टोलीले तेस्रो पटक टी– २० विश्वकप फाइनल खेल्दैछन् । यसअघि पाकिस्तान र इंग्ल्याण्डले एक–एक पटक उपाधि जित्दा एक–एक पटक फाइनलमा पराजित भएका छन् ।  अहिलेसम्म ७ पटक टी– २० विश्वकप हुँदा वेष्ट इन्डिजले २ पटक जितेको छ भने पाकिस्तान र इंग्ल्याण्डसँगै भारत, श्रीलंका र अष्ट्रेलियाले समान १ पटक उपाधि जितेका छन् । साभार : कोसी अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अमेरिकन प्रवासी नेपाली द्वारा बाढी पिडीतलाई सहयोग : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

साँझ हराएको एक निर्दोष बालिकाको नाङ्गो शव बिहान झाडीमा फेला : भारत JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी