प्रारम्भिक गणनामा माओवादी, जसपा र नेकपा एसका उम्मेदवारले अग्रता लिन सकेनन्

काठमाडौं । देशभरको प्रारम्भिक मतगणनामा सत्ता गठबन्धन समग्रमा पछि पर्दा गठबन्धनका मुख्य दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कतै पनि अग्रता कायम गर्न सकेका छैनन् ।गठबन्धनमा माओवादीको भागमा परेका ललितपुर ३, झापा २, काठमाडौं ७ मा भइरहेको मतगणनामा तीनै ठाउँमा माओवादीका उम्मेदवार पछि परेका छन् । त्यस्तै नेकपा एसको भागमा परेका कास्की २ र काठमाडौं ८ मा दुवै उम्मेदवार तेस्रो र चौथो स्थानमा छन् ।माओवादीको भागमा परेको झापा २ मा एमालेका देवराज घिमिरेले फराकिलो अग्रतासहित माओवादीका हरि रानालाई पछि पारेका छन् । त्यस्तै ललितपुर ३ मा पम्फा भुसाल एमालेका अमृत खड्काभन्दा पछि परेकी छन् ।काठमाडौं ७ मा एमालेका श्याम घिमिरेले अग्रता लिँदा मानुषी यमी भट्टराई तेस्रो स्थानमा छिन् ।हालसम्म १३ निर्वाचन क्षेत्रमा मतगणना भइरहेकोमा मुस्ताङमा कांग्रेसले जीत हासिल गरिसकेको छ । बाँकी निर्वाचन क्षेत्रमध्ये झापा २, धनुषा ३, ललितपुरका तीनवटै र काठमाडौं ७ मा एमालेले अग्रता लिएको छ । त्यस्तै बाँके ३ मा पनि एमालेको अग्रता छ ।कांग्रेसले भक्तपुर २ र काठमाडौं १ मा अग्रता कायम राख्दा लौरोले कास्की २ र काठमाडौं ६ मा अग्रता लिएको छ । सीके राउतले सप्तरी २ मा अग्रता लिएका छन् ।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA