मुस्ताङबाट कांग्रेसकाे विजयी सुरूआत, योगेश गौचन थकालीले खाेले खाता

 मुस्ताङ,५ मंसिर । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट विजयी सुरुआत गरेको छ । नेपाली कांगेसका उम्मेदवार योगेश गौचन थकालीले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै कांग्रेसकाे तर्फबाट विजयकाे खाता खाेलेका छन् । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको छन् । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ । निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रिय सदस्य तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै गौचन विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्यमा एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चार जना प्रतिस्पर्धामा थिए । कांग्रेसको गण्डकी प्रदेश सदस्य योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । विसं २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मनुभएका योगेशले ब्याचलर अफ विजनेश म्यानेजमेन्टको अध्ययन गरेका छन् । होटेल कालोपानी लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा होल सञ्चालन गर्दै आएका उनी ट्राभल्स एण्ड टुर्स प्रालिको प्रबन्ध निर्देशकका साथै मुस्ताङमा किबीखेतीसँगै व्यावसायिक कृषिमा सहभागी बनेका छन् ।साभार : स्पेसखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार महासंघ मधेश प्रदेशले भवन बनाउन जनकपुरमा गुठ्ठीबाट ४ कठ्ठा जग्गा पाए : JCNEPAL MEDIA

आज मन्त्रिपरिषद् बैठकले गरेका १८ निर्णय : JCNEPAL MEDIA

बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति : JCNEPAL MEDIA

भारत–पाकिस्तान द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको ट्रम्पको दाबी : JCNEPAL MEDIA

प्रतिनिधिसभामा सञ्चारमन्त्रीले साइबर सुरक्षा विधेयक लग्दै : JCNEPAL MEDIA

प्रदेशसभामा प्रतिपक्षी दलको अवरोध कायमै, कार्यदलको संयोजक पदबाट सभामुखले दिए राजीनामा : मधेस प्रदेश JCNEPAL MEDIA