मधेसमा जनमत पार्टीको अर्को जित, सप्तरी २ ‘२’ मा महेश विजयी

जनकपुरधाम । मधेस प्रदेशमा जनमतले विजयीको अर्को खाता खोलेको छ । सप्तरी प्रदेशसभा २ (२) बाट जनमत पार्टीका महेशकुमार यादव विजयी भएका छन् ।यादवले १३ हजार ३२५ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव ७ हजार २३ मतमा रोकिए ।सत्ता गठबन्धनबाट उम्मेदवार बनेका यादव पूर्वमन्त्री हुन् । उनी ०७४ मा सप्तरी २ मा उपेन्द्र यादवसँग पराजित भएका थिए । दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।जनमत पार्टीबाट विजयी भएका यादव पूर्वमाओवादी नेता हुन् । उनी निर्वाचनभन्दा केही समय अघि मात्र जनमतमा आएका थिए ।सप्तरी प्रदेशसभा क्षेत्र २ (१) मा मतगणना नसकिँदै जनमत पार्टीका सतिशकुमार सिंहले जितिसकेका छन् ।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA