देउवा डडेल्धुराबाट सातौँपटक विजयी

डडेल्धुरा,७ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट सातौँपटक निर्वाचित भएका छन् । कुल ५१ हजार दुई सय तीन मतमा कांग्रेस सभापति देउवाले २५ हजार पाँच सय ३४ मत प्राप्त गरी विजयी भएकाे मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। देउवाका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे । अर्का उम्मेदवार नेपाली कांग्रेस (विपी)का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गरेकाे मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।  विसं २०१७ देखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुन् । विसं २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट पहिलाे पटक विजयी भएका थिए । देउवा २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेल्धुराबाट विजयी भएका थिए ।देउवा विसं २००३ जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिएका हुन् ।साभार : स्पेसखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA