पर्साबाट प्रदेशसभामा कांग्रेस ३, जसपा २, माओवादी, लाेसपा र स्वतन्त्र एक-एक विजयी

वीरगञ्ज । पर्सा जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनका ५ जना उम्मेदवार प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको छ । पर्सामा रहेको ८ प्रदेश सभाको सिटमा हालसम्म ५ जना बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्वाचित हुनु भएको हो । निर्वाचित हुनेमा १ (क) मा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी, २ (क) मा नेपाली काँग्रेसका श्याम पटेल, २ (ख) मा लोसपाका रमेश कुर्मी, ३ (ख) मा नेपाली काँग्रेसका जनार्धन सिंह क्षेत्री  र ४ (क) मा नेपाली काँग्रेसका शङ्कर चौधरी रहनु भएको छ ।१ (क) मा नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले एमाले–जसपा गठबन्धनका एमालेका उम्मेदवार विचारी यादवलाई पराजित गर्नु भएको हो भने २ (क) मा नेपाली काँग्रेसका श्याम पटेलले एमाले–जसपा गठबन्धनका जसपामा रामनरेश यादवलाई पराजित गर्नु भएको हो ।त्यस्तैगरी, २ (ख) मा लोसपाका रमेश कुर्मीले स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहलाई पराजित गर्नु भएको हो । त्यसरी नै  ३ (ख) मा नेपाली कांग्रेसका जनार्धन सिंह क्षेत्रीले एमाले–जसपा गठबन्धनका जसपाकी उम्मेदवार मधु गुप्तालाई पराजित गर्नु भएको हो ।त्यस्तैगरी, ४ (क) मा नेपाली कांग्रेसका शङ्कर चौधरीले एमाले–जसपा गठबन्धनका एमालेका उम्मेदवार जयप्रकाश थारुलाई पराजित गर्नु भएको हो । जसपाका यादव र एमालेका थारु पार्टीको जिल्ला अध्यक्ष हुनुहुन्छ । पर्साको प्रदेश सभा तर्फकै २ स्थानमा जसपा र १ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी हुनु भएको छ । पर्साको १ (ख) मा एमाले–जसपा गठबन्धनबाट जसपाका उम्मेदवार मोहम्मद लालबाबु राउत गद्दी र ३ (क) मा स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल विजयी हुनु भएको हो । १ (ख) मा निर्वाचित लालबाबु राउत गद्दी, २ (ख) मा उम्मेदवार रमेश कुर्मी , ४ (क) मा निर्वाचित शङ्कर चौधरी र ४ (ख) मा निर्वाचित सिहासन साह कलवार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको हो भने रहबर अन्सारी, श्याम पटेल , जनार्धन सिंह क्षेत्री र प्रमोद जयसवाल गरी ४ जना नयाँ अनुहार थपिनु भएको छ । साभार : गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

कांग्रेस संस्थापन पक्षको निष्कर्ष ; विशेष महाधिवेशनको औचित्य समाप्त, महाधिवेशन प्रतिनिधिहरू काठमाडौं नआउनु पर्ने JCNEPALMEDIA

कांग्रेस पार्टीको विशेष महाधिवेशन वर्तमान समयको माग र निर्विकल्प समाधान : विजय चाैधरी JCNEPALMEDIA

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै : JCNEPAL MEDIA

कार्यवाहक सभापति मात्र नामकै, गगण थापाको भनाइ ; सबै शक्ति देउवकै हातमा JCNEPAL MEDIA

नेपाली कांग्रेसका देउवा, गगनसहित २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा : JCNEPAL MEDIA