गठबन्धनबाट कांग्रेसका समिम पुनः निर्वाचित

सप्तरी । सप्तरी क्षेत्र नम्बर ३ को (क) तर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका मोहम्मद समिम प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ ।यसअघि पनि मधेस प्रदेशको सांसद रहिसक्नु भएका समिम दश हजार छ सय ३० मत ल्याएर विजय हुनुभएका छ । जनमत पार्टीका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद मंडललाई पराजित गर्दै सुनिश्चित भएको समिमको जीतसँगै सप्तरीमा गठबन्धनको खाता खुलेको हो ।पछिल्लो महिना मात्रै नेपाली कांग्रेस छोडेर जनमत पार्टीबाट टिकट पाउनु भएका मण्डलले आठ हजार पाँच सय ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मदन प्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि जनमत पार्टीबाट उम्मेदवार रहनुभएका इन्जिनियर शम्भु साह देश सभा ३ कै (ख) तर्फ विजय हुनुभएको छ । साभार : गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA