सप्तरी १ (क) मा एमालेका राजकुमार लेखी निर्वाचित

काठमाडौं । नेकपा (एमाले) का नेता राजकुमार लेखी सप्तरी १ (क) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । उहाँले १४ हजार २९१ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शवनन्द मेहताले ९ हजार ९३ मत ल्याएर पराजित हुनुभयो । त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार रहनुभएका बेचनप्रसाद चौधरीले ७ हजार ५७२ मत ल्याउनुभयो । नेता लेखी थारु कल्याणकारिणी सभा (थाकस) को महामन्त्रीको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका लेखीले गठबन्धन दलका उम्मेदवारलाई पराजित गरी निर्वाचित हुनुभयो । साभार : गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA

रास्वपाकाे मतपरिणामलाई शुभकामना दिदै भने ,आम जनताको शान्त विद्रोह : बाबुराम भट्टराई JCNEPAL MEDIA

भिंडको भ्रम होइन, लोकतन्त्रको आवाज : JCNEPALMEDIA