अरगरियालाई १५७ मतान्तरले हराउँदै कांग्रेसका यादव निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका रामकृष्ण यादव सांसद चुनिएका छन् ।एमालेका उमाशंकर अरगरियालाई हराउँदै यादव सांसदमा निर्वाचित भएका हुन् । चुनाअवघि लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका अरगरियासँग यादवको कडा प्रतिस्पर्धा भएको थियो ।अन्नतः यादवले २० हजार ११२ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत पाउन सके । यादव १५७ मतान्तरले विजयी भए ।यही क्षेत्रबाट एकीकृत समाजवादीका रामचन्द्र झाले १३ हजार ६०५, जनता समाजवादी पार्टीका आनन्द यादवले १२ हजार ९०१, जनमत पार्टीका जयनारायण साहले ९ हजार ९०१ मत पाए ।साभार : अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA