अरगरियालाई १५७ मतान्तरले हराउँदै कांग्रेसका यादव निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका रामकृष्ण यादव सांसद चुनिएका छन् ।एमालेका उमाशंकर अरगरियालाई हराउँदै यादव सांसदमा निर्वाचित भएका हुन् । चुनाअवघि लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका अरगरियासँग यादवको कडा प्रतिस्पर्धा भएको थियो ।अन्नतः यादवले २० हजार ११२ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत पाउन सके । यादव १५७ मतान्तरले विजयी भए ।यही क्षेत्रबाट एकीकृत समाजवादीका रामचन्द्र झाले १३ हजार ६०५, जनता समाजवादी पार्टीका आनन्द यादवले १२ हजार ९०१, जनमत पार्टीका जयनारायण साहले ९ हजार ९०१ मत पाए ।साभार : अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA