महोत्तरी-२ (२) मा स्वतन्त्र उम्मेदवार सुरिता साह विजयी

महोत्तरी — महोत्तरी क्षेत्र नं २ को प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साह विजयी भएकी छिन् । गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनी ८ हजार ५ सय ६८ मत प्राप्त गरी विजयी भएको क्षेत्र नं २ को निर्वाचन कार्यालयले जनाएको छ ।गठबन्धनका तर्फका उम्मेदवार नेपाली कांग्रेसका नागेश्वर यादवलाई २ हजार ३ सय ६६ मतान्तरले पछि पार्दै उनी विजयी भएकी हुन् । यादवले भने ६ हजार २ सय २ मत पाएका छन् । साह २०७४ को निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट भारी मतले प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।साभार : कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA