सीताराम विवाह पञ्चमी: जनकपुरमा तीन दिन माछा, मासु र मदिरा निषेध

जनकपुरधाम । सीता-राम विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा माछा मासुजन्य पदार्थ र मदिरामा प्रशासनले प्रतिबन्ध लगाएको छ ।जिल्ला प्रशासन कार्यालय धनुषाले आजबाट जनकपुरधाममा माछा मासुजन्य पदार्थ र मदिराको खरिद विक्री, सेवन तथा ओसार पोसर गर्न प्रतिबन्ध लगाएको सूचना जारी गरेको हो ।जनकपुरधामको मिथिला अन्तरगृही परिक्रमा क्षेत्रभित्र माँस र मंदिरा लगायतका मादक पदार्थ तथा पशुपंक्षी मारकाट र मासुको उत्पादन विक्रि वितरण ओसार पोसार र सेवन निषेध गरिएको छ( सूचनामा भनिएको छ ।विवाह पञ्चमी महामहोत्सव २०७९ मंसिर १२ गते भव्य रुपमा मनाउने भएकाले १२ गते आदेश विपरित निषेधित क्षेत्रमा पशुपंक्षी मारकाट माछामासु तथा मादक पदार्थको विक्रि वितरण तथा सेवन गरिएको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA