जनकपुरधाममा ठूलो धार्मिक मेला, स्वयंवर सम्पन्न, राति शुभविवाह

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा भगवान् राम तथा माता सीताको आज स्वयंवर कार्यक्रम सम्पन्न भएको छ ।

जानकी मन्दिरबाट बाजागाजासहित निस्केको झाँकी सहितको डोला जनकपुरधामको रङ्गभूमि मैदानमा पुगेकोमा केही बेरमा जनकपुरधामको राम मन्दिरबाट निष्केको बाजागाजा तथा झाँकी सहितको डोला रङ्गभूमि मैदानमा पुगेपछि स्वयंवर कार्यक्रम सम्पन्न भएको छ ।

स्वयंवर कार्यक्रमको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले गर्नुभएको थियो । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले आयोजना गरेको स्वयंवर कार्यक्रममा लाखौँ भक्तजनहरू सहभागी रहनुभएको थियो । जनकपुरधामको राम मन्दिरबाट भारतको उत्तराखण्डबाट आएको विभूजी महाराज नेतृत्वको जन्ती सहभागी रहेका थिए ।

स्वंम्बर कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा अधिकारीहरू, लब्ध प्रतिष्ठित व्यक्तिहरू, राजनीतिक कर्मीहरू, साधु सन्त, महन्थ, योगी तथा सन्न्यासी सहभागी हुनुहुन्थ्यो ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यस पटक रङ्गभूमि मैदानमा रामलीलाको आयोजना गरेको छ ।

डोला सहितको बराती तथा सरातीहरु नगरको परिक्रमापछि जानकी मन्दिरमा पुगी सम्पन्न हुनेछ भने राति मिथिलाको परम्पराअनुसार माता राम तथा सीताको प्रतिकात्मक विवाह हुने कार्यक्रम रहेको छ । मिथिला दरबारको प्रतिनिधित्व जानकी मन्दिरका महन्थ रामतपेश्वर दास तथा अयोध्या दरबारको प्रतिनिधित्व राम मन्दिरका महन्थ राम गिरीले गर्नुभएको छ ।

सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवमा आउने तीर्थयात्रीहरूका लागि निःशुल्क आवास, भोजन, स्वास्थ्य उपचार, पानी तथा चिया प्रदान गर्ने काम विभिन्न संघ संस्थाहरूद्वारा व्यवस्थापन गरिएको छ ।

प्रत्येक वर्ष मार्ग शुक्लपक्ष पञ्चमी तिथिका दिन जनकपुरधाममा त्रेता युगको स्मरण गर्दै सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको आयोजना हुँदै आएको छ ।साभार : रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA

नेपाल प्रहरीका चार डीआईजीको बढुवा : JCNEPAL MEDIA

उर्जामन्त्रीले पद छाड्न भनेपछि प्राधिकरण निर्देशककाे भावुक अपील : "देशलाई धोका दिन चाहन्न" JCNEPAL MEDIA

चुनावी सरकारका गृहमन्त्रीलाई ‘गुमराह’मा राखेर एसपी सरुवा, महत्वपूर्ण जिल्लामा ओलीकाे छायाँ : JCNEPAL MEDIA

प्रधानमन्त्री कार्कीद्वारा संसद बिघटनको लागि सिफारिस : JCNEPAL MEDIA

कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी भए पनि संसद् विघटनको विषयले टुंगो लागेन : JCNEPAL MEDIA