महेन्द्र यादवलाई झिनाे मतले हराउँदै धनुषा ४ बाट एमाले सचिव रघुवीर विजयी

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई झिनाे मतले हराउँदै  नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी  भएका छन् ।एमालेका रघुवीर महासेठ ३२ हजार २३६  पाएर विजयी भएका हुन्  भने  कांग्रेसका सह–महामन्त्री यादवले ३२हजार ११२ मत पाएर पराजित भए ।  महासेठले १२४ मतले पछि पार्दै यादवमाथि जित निकालेका हुन् ।दुई हेभीवेटबीच यहाँ कडा टक्कर चलेको थियो । सुरूवातदेखि नै निरन्तर पछाडि परेका महासेठलाई अन्तिममा गणना गरिएको मिथिला नगरपालिका वडा नम्बर ११ को भोटले बलियो साथ दियो ।सोमबार रातिसम्म यादवभन्दा महासेठ ७ देखि ९ सय मतले पछि थिए । आज बिहान मिथिला ११ को गणना थालेसँगै मासेठले लिड गरेका थिए ।७४ मा पनि यादवलाई महासेठले पराजित गरेका थिए । त्यतिबेला माओवादी महासेठको साथमा थियो । एमालेबाट फुटेर बनेको नेकपा एसको पनि यस क्षेत्रमा प्रभाव छ ।तर, यो पटक यादव माओवादी, नेकपा एस र लोसपासँगको समर्थनमा सत्तागठबन्धनका साझा उम्मेदवार थिए । मधेसका अधिकांश क्षेत्रमा एमाले- जसपाको तालमेल हुँदा पनि यहाँ एमाले एक्लै चुनाव लडेको थियो ।जसपाले महाजन यादवलाई उम्मेदवार बनाएको थियो । उनी तेस्रो स्थानमा सीमित बने । जसपा- एमाले तालमेल गराउन महासेठले भूमिका खेलेका थिए ।धनुषा ३ बाट महासेठपत्नी जुलीकुमारी महतो भने विजयी भइसकेकी छन् । एमाले नेतृ जुलीलाई जसपाले सहयोग गर्दा सत्ता गठबन्धनका उम्मेदवार लोसपा नेता अनिल झाला पराजित भएका थिए ।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA