‘कांग्रेस र देउवाको नेतृत्वमा नै नयाँ सरकार बन्छ’

काठमाडौं। मंसिर-४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेपछि सत्ता गठबन्धनले सरकार गठनको गृहकार्य सुरु गरेको छ।आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छुट्टा छुट्टै छलफल भएको थियो।उनीहरुबीच निर्वाचनको समग्रह परिणाम आएपछि सरकार गठनलाई तीव्रता दिने उनीहरुबीच सहमति भएको छ। उता नयाँ सरकार गठनका बारेमा शक्तिकेन्द्रहरुले पनि चासो राख्न थालका छन् भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन्।दलहरुबीच शक्ति बाँडफाँटका विषयमा छलफल भइरहेको छ। गठबन्धनको मुख्य घटक नेपाली कांग्रेस निर्वाचनमा सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेस नेतृत्वमै सरकार गठन हुने नेताहरुले बताउने गरेका छन्। तर शक्ति बाँडफाँटका विषयमा सहमति गर्दा सरकारको नेतृत्वमा फेरबदल पनि आउने सक्ने नेताहरुले बताएका छन्।निर्वाचन अघि देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति भएको बताइएको छ। तर पहिला कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति भइसकेको छैन।नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ सरकार गठनका विषयमा गठबन्धन दलका नेताहरुबीच छलफल सुरु भएको बताए। तर गठबन्धनको मुख्य घटक र निर्वाचनपछि सबैभन्दा ठूलो दल भएका हिसावले अब सरकार कांग्रेस नेतृत्वमा नै गठन हुने बताए।‘भावी सकारकार नेतृत्व कांग्रेसले गर्ने कुरामा शंका छैन,’ डा.महतले डिसी नेपालसँग भने, ‘कांग्रेसको नेतृत्वमा सरकार गठन हुँदा शेरबहादुर देउवा नै प्रधानमन्त्री हो।’उनले संसदीय दलको चुनावमा जुन सांसदले पनि प्रतिस्पर्धा गर्न पाउने उल्लेख गर्दै सरकारको नेतृत्व भने देउवाले नै गर्ने दाबी गरे।कांग्रेसभित्र गगन थापले संसदीय दलको चुनावमा प्रतिस्पर्धा गर्ने बताइसकेका छन्।साभार : डिसी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA