जानकी मन्दिरमा २६ जोडीको सामूहिक विवाह

जनकपुरधाम । विवाह पञ्चमीको अवसरमा जानकी मन्दिर प्राङ्गणमा २६ जोडी युवा युवतीको सामूहिक विवाह सम्पन्न भएको छ । विश्व हिन्दू परिषद् नेपालले विगत चार वर्षदेखि विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरमा सामूहिक विवाह गर्दै आएको छ ।यसवर्ष २६ जोडी युवायुवतीको एकै समारोहमा सामूहिक विवाह सम्पन्न भएको हो । परिषद्ले यस वर्ष पनि विवाहपञ्चमीको अवसर पारेर माता सिता र भगवान रामको प्रतीकात्मक विवाह भएको मण्डप जानकी मन्दिर प्राङ्गणमा मङ्गलबार विभिन्न जातजातिका २६ जोडी वरवधूको सामूहिक विवाह सम्पन्न गराएको छ । जनकपुरधामलाई वैवाहिक गन्तब्यका रुपमा विकास र प्रचारप्रसार गर्न विवाहपञ्चमीको अवसरमा विगत चारवर्ष देखि भइरहेको सामूहिक विवाहलाई निरन्तरता दिँदै परिषदले यस वर्ष पनि २६ जोडीको सामूहिक विवाह गराएको आयोजकले जनाएको छ । जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तब्यको रुपमा चिनाउन, पर्यटन प्रवर्धन गर्न, दहेज उन्मूलनसहितको समाज निर्माण गर्ने यस सामूहिक विवाहको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ ।जनकपुरधामका स्थानीयबाट सहयोग स्वरुप सङ्कलन गरिएका मिथिलाको विवाहमा बेहुलीलाई उपहार स्वरुप दिइने मङ्गलसूत्र, एकसरो लत्ताकपडासहितको व्यवस्थापन आयोजकले नै गर्ने विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्रकुमारले बताउनुभयो  । गरिव विपन्नहरुको विवाह पनि धार्मिक, समाजिक  अनुसार नै हुने भएकोले विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने तथा यस सामूहिक विवाहले समाजमा भाइचाराको विकास हुने आयोजकको भनाइ छ ।  गत वर्ष एकै समारोहमा २२ जोडिको विवाह सम्पन्न भएको थियो । साभार : गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA