कांग्रेस पूर्वउपसभापति निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेट

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटघाट भएको छ।हालै सम्पन्न निर्वाचनमा सप्तरीबाट विजयी भएका अध्यक्ष राउत र कांग्रेस नेता निधिबीच निधि निवास नयाँवानेश्वरमा भेटघाट भएको हो। निधिले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाई दिएका थिए।बुधबार दिउँसो भएको करिब एक घण्टा लामो भेटमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका बिषयमा कुराकानी भएको थियो। भेटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठन लगायतका बिषयमा पनि कुराकानी भएको थियो। निधिसँगको भेटमा राउतले आफ्नोबारेमा अनावश्यक भ्रम फैलाइएको बताउँदै आफू शान्ति र लोकतन्त्रमा बिश्वास गर्ने प्रजातन्त्रबादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको प्रष्ट पारेका थिए।भेटमा निधिले राउतलाई कांग्रेस र सत्ता गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए। निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रुपमा सकारात्मक भएको जवाफ दिएका थिए।सप्तरी क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै राउत निर्वाचित भएका हुन्।
प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर चार सिट सुरक्षित गरेको छ।साभार : स्पेसखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA