प्रधानमन्त्रीमा मेरो दाबेदारी छ : रामचन्द्र पौडेल

काठमाडौं । प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्  । नेपाल प्रेस युनियन चितवनले  आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीमा स्वभाविक दोबदारी  रहेको बताएका हुन् ।  कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार  बन्ने र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक भएको बताए ।  ‘‘गठबन्धनको बहुमत पुगेको छ। गठबन्धनको सरकार बन्छ। दलहरुबीच सल्लाह हुँदै छ,’ उनले भने,‘म प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार हो। अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो।’  पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले बताए। पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ। ‘सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरु साथीहरु पनि खुला हुनुहुन्छ। तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेस्ट गर्नुपर्ने मान्छे म मात्र हो’ उनले भने,‘पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरुपमा नै लिनुभएको छ। सल्लाह गरौँला भन्नुभएको छ। सल्लाह हुन्छ।’साभार : कोसी अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA