समायोजन भएका ठुला विद्यालयलाई बस प्रदान गरिने

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समायोजन भएर बनेका ठुला विद्यालयलाई बस प्रदान गर्ने भएको छ । केन्द्रको वार्षिक कार्यक्रम अनुसार अनुदान प्रदान कार्यक्रम भएकाले त्यसका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।   त्यसका लागि उनीहरूले स्थानीय तह र शिक्षा विकास तथा समन्वय ईकाईको सिफारिसमा १५ दिनभित्र प्रस्ताव पेश गरिसक्नुपर्नेछ । 

दुई वा दुई भन्दा बढी विद्यालय समायोजन भई बनेका विद्यालयमा कम्तीमा तराईमा १८००, पहाडमा १२०० र हिमालमा ६०० विद्यार्थी भएका विद्यालयलाई बस प्रदान गरिने केन्द्रले जनाएको छ ।  प्रस्ताव पेश गर्ने विद्यालयहरूको लागि विभिन्न आधार तोकिएको छ । सामुदायिक विद्यालयको रूपमा अनुमति वा स्वीकृति प्राप्त गरी नियमित रूपमा कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय हुनुपर्नेछ । विद्यालयमा नियमानुसार विद्यालय व्यवस्थापन समिति गठन भएको हुनुपर्नेछ । 

त्यस्तै शैक्षिक सत्र २०७७/०७८ वा शैक्षिक सत्र २०७९ मा दुई वा सोभन्दा बढी विद्यालयहरू एक आपसमा समायोजन वा मर्ज भएको हुनुपर्नेछ । विद्यालयमा बाह्रै महिना सजिलोसँग आवतजावत गर्न मिल्ने भरपर्दो बाटो भएको हुनुपर्नेछ । बस सञ्चालनका लागि फ्युल, मर्मत तथा चालक र सहचालकको खर्च विद्यालय आफैंले वा स्थानीय तहले व्यहोर्ने प्रतिबद्धता हुनुपर्नेछ ।साभार : रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA